समाचारशुक्रबार, चैत्र २१, २०७०
तीन थान पेस्तोलसहित लुटेरा समूह पक्राउ
प्रहरीले मोरङको हात्तीमुडाबाट तीन थाल पेस्तोलसहित पक्राउ परेको तीनजना लुटेराको समूहलाई २१ चैतमा सार्वजनिक गरेको छ ।
२० चैतमा पक्राउ गरि २१ चैतमा सार्वजनिक गरिएको समूहमा भारतीय नागरिक मो. अनमारुल, मोरङ नोचा– ३ का सतन पासवान र हात्तीमुडा– ७ का रिजवान मियाँ छन् । उक्त समूहका अन्य ४ जना भने फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सादा पोशाकका प्रहरीले फायर गर्दा पनि उनीहरु मोटरसाइकलमा फरार भएका थिए ।
प्रहरी उपरिक्षक विश्वराज पोखरेलका अनुसार लुटेरा समूहले सञ्चारकर्मी पदम सरदारलाई ३० फागुनमा थलाहामा लुटेका थियो । पक्राउ परेका तीन मध्ये दुई जनालाई पदमले पहिचान गरेका छन् । त्यसैगरी यही समूहले मोरङ र सुनसरीमा दर्जन भन्दा बढी पटक लुटपाट गरिसकेको छ ।
क्षेत्रीय प्रहरी कार्यालयको ब्युरो र जिल्ला प्रहरीको विषेश टोली लुटेरा बसेको स्थान पत्ता लगाई परिचालित भएको थियो ।
लुटेरा समूहलाई घेर्ने क्रममा एकजना लुटेराले पेस्तोल निकालेपछि हवाई फायरिङ गर्नु परेको प्रहरीले जनाएको छ ।
कमल रिमाल, विराटनगर
