समाचारशनिबार, चैत्र २२, २०७०
अफगानिस्तानमा एपीकी पत्रकारको हत्या
समाचार संस्था एपीका दुई विदेशी महिला पत्रकारमाथि अफगान प्रहरीले एक्कासी गोली चलाउँदा पुलित्जर पुरस्कार विजेता ४८ वर्षीया जर्मन पत्रकार अन्जा निडरिंगहोसको मृत्यु भएको छ भने ६० वर्षीया केथी ग्यानन गम्भीर घाइते भएकी छन् ।
पाक़िस्तानको सीमासँग जोडिएको खोस्त बजारमा २१ चैतमा सुरक्षाकर्मीहरुसँगै कारमा रहेका पत्रकारमाथि प्रहरीले गोली चलाएको हो । गोली चलाउनुको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको अफगान प्रहरीले जनाएको छ । अफगानिस्तानमा आज (२२) चैतमा राष्ट्रपतिको निर्वाचन हुँदै छ ।
गत महिनामा एफपीका पत्रकार सरदार अहमद अफगानिस्तानमा तालिवानी आक्रमणमा मारिएका थिए भने ११ मार्चमा राजधानी काबुलमा वेलायती पत्रकार निल्स होर्नरको पनि हत्या भएको थियो ।

