थप समाचारशनिबार, चैत्र २२, २०७०
गाईको मासु बेच्ने भारतीय नागरिक पक्राउ
भारत लोकहाका मो गुलाब नविरलाई गाई काटेर मासु विक्री गरेको आरोपमो इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको छ । नविरले लहान–३ स्थित हस्पिटल चोकमा गाईको मासु बिक्री गरिरहेको अवस्थामा रङ्गेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।
लोकहामै गाई काटेर लहानमा मासु बिक्री गर्दै आएको नविरले प्रहरीलाई बयान दिएका छन् , उनलाई कानूनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
रासस
