समाचारशनिबार, चैत्र २२, २०७०
एसएसपी खरेल सेलेब्रेटी बन्न खोजेको गृहमन्त्रीको आरोप
धुलिखेलमा शुरु भएको युवा संघ नेपालको बैठक २२ चैतमा उद्घाटन गर्दै गृहमन्त्री वामदेव गौतमले काठमाडौंका एसएसपी रमेश खरेल प्रचारमुखी भएको आरोप लगाउँदै आफूलाई भेट्न समेत नआएको गुनासो गरेका छन् ।
उपप्रधानमन्त्री गौतमले एसएसपी खरेलले मानिस पक्राउ गर्ने र केही दिनमा छोडने गरेर अपराधीलाई उन्मुक्ति दिने गरेको आरोप लगाए ।
उनले भने, “सिंहदरबारमा कार्यालय र ललितपुरमा निवास हुँदा समेत खरेल मलाई भेट्न आएको छैन, मलाई भेट्दा स्वाभिमान गिर्ने ठानेको होला ।”
बैठकमा युवा संघका अध्यक्ष महेश बस्नेतले बिना कारण युवा संघका केन्द्रीय सदस्य अमित लामा पक्राउ गरी ‘सिंघम शैली’मा पत्रकार सम्मेलन गर्ने प्रहरी अधिकृतलाई कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका थिए ।
