समाचारबुधबार, भाद्र १३, २०६९
भ्रष्टाचारी ठहर पूर्व सहसचिव खनाललाई १५ महिना कैद र दुई करोड जरिवाना
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र भरतबहादुर कार्कीको संयुक्त इजलासले १२ भदौमा खनाललाई भ्रष्ट ठहर गरेको हो । खनाललाई एक वर्ष तीन महिना कैद र बिगो तथा जरिवाना गरेर रु. दुई करोड ४३ लाख चार हजार असुल गर्ने अदालतको फैसलामा उल्लेख छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव खनाल उनकी श्रीमती पद्मा र तीन छोराविरुद्ध रु. तीन करोड ९७ लाख ४० हजार बराबरको सम्पत्ति गैरकानुनीरुपमा आर्जन गरेको मुद्दा भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले भ्रष्ट ठहर गरेपछि खनालले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
