समाचारआइतबार, चैत्र २३, २०७०

सिन्धुपाल्चोक दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

हिमालखबर

काठमाडौंबाट सिन्धुपाल्चोकको भोटाङ गाविस जाँदै गरेको बा२च ७३८९ नम्बरको जीप थापालधापमा दुर्घटना हुँदा भोताङ–७ का १४ वर्षीय नालाङ डेर्पु लामा, १२ वर्षीया प्रेरणा लामा, १३ वर्षीया डोल्मा लामा, वडा नं ६ का ५० वर्षीय धाङसाङ लामा, ५५ वर्षीया श्रीमाई तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते वडा नं ५ का चालक सोनाम लामाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । त्यसैगरी गम्भीर घाइते एक जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

जीप थाङलाङधाप वडा नं १ स्थित लामिडाँडामा सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

जिपमा सवार यात्रुमध्ये भोटाङकै अभिनाश लामा हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

कच्ची तथा साँघुरो बाटो भएको र उकालोको घुम्तीमा पुगेपछि जीप पछि हटेर खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
—————————————————————————-

जीप दुर्घटनाहुँदा ५ जनाको घटनास्थलमै मृत्यु
सिन्धुपाल्चोकको थाङ्पालाधाप– १ मा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

आईतबार , २३ चैत्र २०७० २:२७ पम

काठमाडौंबाट सिन्धुपाल्चोकको भोटाङ जाँदै गरेको जीप थाङ्पालधाप–१ सिंहालेमा दुर्घटना हुँदा ४ महिला र १ पुरुषको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बा २ च ७३८९ नम्बरको जीप घुम्तीको उकालो उक्लन नसकी पछाडि चिप्लिएको प्रत्यक्षदर्शीले बताएका छन् । जीप पछाडि चिप्लिन थालेपछि एक जना यात्रु भने हामफालेर ज्यान जगाउन सफल भएका छन् ।

चालकसहित दुईजना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>