थप समाचारसोमबार, चैत्र २४, २०७०

भारतमा लोकसभा निर्वाचनको मतदान शुरु

हिमालखबर

९ चरणमा हुन लागेको भारतीय संसद (लोकसभा) को निर्वाचन २४ चैतमा दुई राज्यबाट शुरु भएको छ । पहिलो चरणमा दुई राज्यका ६ लोकसभा सिटमा मतदाताले उम्मेदवारको भाग्य तय गर्दैछन् ।

शुरुको चरणमा असम राज्यमा ५ सिट र त्रिपुरामा एक सिटका लागि मतदान हुँदैछ । करिब एक महिनासम्म चल्ने निर्वाचनको अन्तिम चरणको मतदान २९ बैशाखमा हुनेछ भने मतगणना २ जेठमा हुनेछ ।

भारतीय संसदको तल्लो सदन (लोकसभा) का ५४३ सिटका लागि हुने निर्वाचनपछि कुनै पार्टी वा गठबन्धनलाई सरकार गठनका लागि २७२ सिट जित्नु जरुरी छ ।

भारतीय सञ्चारमाध्यममा आएका खबरका अनुसार निर्वाचनमा मुख्य प्रतिस्पर्धा भारतीय जनता पार्टी र कांग्रेसका बीच हुनेछ भने मैदानमा अन्य क्षेत्रीय पार्टी पनि छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार लोकसभा निर्वाचनमा ८१ करोड भन्दा बढी मतदाता सूचिकृत भएका छन् । यसअघिको निर्वाचनभन्दा यो संख्या १० करोडले बढी हो ।

निर्वाचनका लागि भारतभर ९ लाख ३० हजार मतदान केन्द्र रहने पनि आयोगले जनाएको छ । आयोगले लोकसभा निर्वाचनमा एक उम्मेदवारले प्रचारका क्रममा भारु ७० लाखसम्म खर्च गर्न सक्ने जनाएको छ यसअघि यो सीमा ४० लाखसम्म थियो । निर्वाचन सुरक्षाका लागि १.१ करोड सुरक्षाकर्मी तैनात गरिने छ ।
भारतको पहिलो आम निर्वाचनमा मतदाता संख्या १७.६ करोड थियो ।

यसपटकको निर्वाचनमा मतदाताले ‘राइट टू रिजेक्ट’ अर्थात कुनै पनि उम्मेदवार उपयुक्त नभएको भनी मतदान गर्न पाउने छन् । भोटिंग मसिनबाट गरिने मतदानमा कुनै उम्मेदवार ठिक नभएको विकल्पमा भोट हाल्न सकिने पनि व्यवस्था गरिएको छ ।

सत्तारुढ कांग्रेस, प्रमुख विपक्षी भारतीय जनता पार्टी, आम आदमी पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुने निर्वाचन पूर्वका सर्वेक्षणहरुले देखाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>