समाचारबुधबार, भाद्र १३, २०६९
प्रधानमन्त्री भट्टराई इरान प्रस्थान
१३ भदौमा प्रधानमन्त्री भट्टराई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इरानको राजधानी तेहरानमा हुने सम्मेलनमा भाग लिन गएका हुन् । १४ र १५ गते हुने शिखर सम्मेलनमा भाग लिन जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलनमा उनले नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र भएको नाताले विगतमा उच्चतम तहबाट भएको सहभागितालाई आफूले निरन्तरता मात्रै दिएको बताए ।
यसैबीच प्रधानमन्त्री भट्टराईलाई विपक्षी दलसम्बद्ध युवाहरुले त्रिभुवन विमानस्थल अगाडि कालो झण्डा देखाएका छन् । कामचलाउ भइसकेको प्रधानमन्त्रीले पद छाड्नुको सट्टा मुलुकको प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा गएको भन्दै उनीहरु विरोध जनाएका हुन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ११ भदौमा इरान गइसकेका छन् ।
