समाचारमंगलबार, चैत्र २५, २०७०

लुम्बिनी चिनी कारखानामा शिलबन्दी

हिमालखबर

उखु उत्पादक किसानसँग भएको सहमति अनुसार उखुको मूल्य भुक्तान गर्न कारखानाले अटेर गरेपछि लुम्बिनी चिनी कारखानाको गोदाम शिल गरिएको नवलपरासी प्रशासन प्रमुख केशबराज घिमिरेले बताएका छन् ।

वीरगञ्जमा किसान र चिनी उद्योगीहरुबीच भएको सहमति अनुसार मुल्य नतोक्दासम्म मिल गेटमा आएको उखु प्रति क्वीन्टल रु ४०० र खेतमा ३७५ का दरमा हालका लागि भुक्तान गर्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनका लागि आग्रह गर्दा उद्योगले अटेर गरेपछि किसानको दबाब थेग्न नसकी स्थानीय प्रशासनले गोदाममा शिलबन्दी गरेको हो ।

लुम्निबी चिनी कारखानाले किसानलाई उखु खरिदवापतको झण्डै रु २५ करोड भुक्तानी गर्न बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ । शुरुमा खरिद गरेको उखुको संझौता मुल्य अनुसार पचास प्रतिशत भुक्तानी दिने र अरु क्रमश दिदै जाने सहमति भएकोमा त्यसको ठाडो उल्लंघन गरेको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए ।

उद्योगका सञ्चालक मनिष अग्रवाल र महाप्रबन्धक बाबुलाल अग्रवाल सम्पर्कमा नआउने बैठक बोलाउदा समेत वास्ता नगर्ने गर्दा किसानलाई मर्का परिरहेकाले गोदाममा ताला लगाइएको उनले जानकारी दिए ।

गोदाममा शिलबन्दी गरेपछि उद्योगको अभिलेख खाता समेत प्रशासनले नियन्त्रणमा लिएको छ । जिल्लामा रहेका अन्य चारवटा चिनी उद्योगले भने जेनतेन पेश्की भुक्तानी शुरु गरेका छन् । उद्योगले उखुको भुक्तानी नदिए पछि नवलपरासीका किसानहरुले १७ वटा उद्योगले भाडामा लिएका ट्रक एक महिना देखि नियन्त्रणमा लिएका छन् ।

यसवर्ष ३० मंसीरदेखि उखु क्रसिङ्ग शुरु गरेको लुम्बिनी चिनी उद्योगले १६ चैतसम्म ५ लाख ४७ हजार क्वीन्टल उखु क्रसिङ्ग गरेर ४५ हजार ७४० क्वीन्टल चिनी उत्पादन गरेकोमा २५ हजार २ ६४ क्वीन्टल चिनी बिक्री गरिसकेको छ ।
उद्योगमा २० हजार क्वीन्टल चिनी मात्र बाँकी रहेको छ ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>