समाचारमंगलबार, चैत्र २५, २०७०

यौनजन्य हिंसा र सशस्त्र द्वन्द्वबारे छलफल

हिमालखबर

२५ चैतदेखि काठमाडौंमा शुरु मानवीय कानूनसम्बन्धी दक्षिण एशियाली क्षेत्रीय सम्मेलन सशस्त्र द्वन्द्व र द्वन्द्व पश्चातको यौन हिंसाका विषयमा केन्द्रित रहने आयोजक आईसीआरसीले जनाएको छ ।

सम्मेलनको उद्घाटन गर्दै कानून तथा न्यायमन्त्री नरहरी आचार्यले द्वन्द्वको समयमा बालिका तथा महिलारु यौनजन्य हिंसाबाट पिडित हुने भन्दै यौनजन्य हिंसालाई कम गर्न यसलाई विश्वव्यापी छलफलको विषय बनाईनु पर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै आईसीआरसी प्रतिनिधिमण्डल प्रमुख ड्रयागना कोएचले भनिन्, “परिवारका पुरुष सदस्यहरू थुनिंदा, लामोसमयसम्म बेपत्ता हुँदा र शत्रुताजन्य गतिविधिहरूमा संलग्न रहदा एक्लै रहेका महिला र बालबालिका यौनजन्य हिंसाको जोखिममा रहन्छन् ।” सशस्त्र द्वन्द्वका बेला विभिन्न तत्वहरुले पुरुष, महिला र बालबालिकामाथि यौनजन्य हिंसाका घटनाहरु हुने गरेको पनि उनले बताइन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरू र इरानका प्रतिनिधिहरुको सहभागिता छ ।
मीना शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>