थप समाचारमंगलबार, चैत्र २५, २०७०

स्पाइनल इञ्जुरी भएका तामाङ ह्विलचेयर यात्रामा

हिमालखबर

यात्रा शुरु गरेको चौधौं दिन २४ चैतमा २०३ किमी यात्रा पुरा गरी चितवन आईपुगेका उनी लुम्बिनी तर्फ लागेका छन् । तीन वर्षअघि काभ्रेको दोलालघाटमा भएको बस दुर्घटनामा परेका रामबहादुर तामाङलाई मेरुदण्डको पक्षघात भएको छ । आफू जस्तै पीडामा परेका व्यक्तिहरुलाई हौसला प्रदान गर्न र स्पाइनल इञ्जुरी सम्बन्धी चेतना जगाउन यात्रा गरेको उनले बताए ।

“जिउँदो लाश भनेर हामीलाई हेप्छन, तर हामी पनि राष्ट्रका लागि केही गर्न सक्छौं” उनले भने,“रुखमा चढ्न र हिँड्न नसके पनि हातले गर्ने सबै काम गर्न हामी सक्षम छौं ।” हातले मात्र गर्न सकिने ३६ वटा सीप आफुसँग रहेको उनले बताए ।

तामाङले आफूसँग भएको सीप आफु जस्तै मेरुदण्डका पक्षघात भएकाहरुलाई सिकाउँदै हिंडेका छन् ।

परनिर्भरता हटाउन सके मात्र मेरुदण्डका पक्षघात भएकाहरु समाजमा स्थापित हुनसक्ने उनले बताए । पुर्नस्थापना केन्द्र सञ्चालनका लागि सहयोग जुटाउने कार्यमा पनि उनी सक्रिय छन् ।

उनको यात्राको सफलताको कामना गर्दै नारायणगढको पुल्चोकबाट २४ चैत विहान स्थानीयले बिदाई गरेका थिए ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>