समाचारबुधबार, चैत्र २६, २०७०

पूर्वाञ्चलका डिनलाई पनि निलम्बन गर्न अख्तियारको सिफारिस

हिमालखबर

पूर्वाञ्चल विश्वविद्यालय कला तथा मानविकी संकायका डिन डा शम्भुप्रसाद कोइराला र विज्ञान तथा प्रविधि संकायका सहायक डिन राजेश झामाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिएको र उनीहरू पदमा बस्दा प्रमाणहरू नष्ट गर्ने सम्भावना रहको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई निलम्बन गरी अख्तयारमा बुझाउन सिफारिस गरेको छ ।

अख्तियारले जनाए अनुसार आयोगको ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम कोइराला र श्रेष्ठलाई निलम्बनका लागि सिफारिस गरिएको हो ।

अख्तियारले यसअघि नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा महेश्वरमान श्रेष्ठ र रजिष्ट्रार डा निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत र लेखा प्रमुख लक्ष्मण गेलाललाई सोही अभियोगमा निलम्बनका लागि सिफारिस गरिसकेकोे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>