थप समाचारबुधबार, चैत्र २६, २०७०
काठमाडौंका तीन किशोरको पर्सा प्रहरीद्वारा उद्धार
२६ चैतमा वीरगञ्ज आईपुगेका काठमाडौंका तीनजना किशोरलाई सेकुवा पसलमा श्रमिकको रुपमा काम गरिरहेको अवस्थामा पर्सा प्रहरीले उद्धार गरेको छ ।
महिला तथा बालबालिका सेवाकेन्द्र बाट खटिएको प्रहरी टोलीले तीनजना किशोरलाई वीरगञ्ज–१३ स्थित लक्ष्मी सेकुवा पसलमा काम गरिरहेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ ।
काठमाण्डौं वसन्तपुर बस्ने १६ वर्षका रामहरी थापा र १६ वर्षकै रवि थामी र कलंकी बस्ने १४ वर्षका समिर थापालाई प्रहरीले उद्दार गरेको हो । उनीहरुका अभिभावकलाई सम्पर्क गरी जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
