समाचारबिहीबार, चैत्र २७, २०७०

विधेयकको विरोधमा धर्ना बसेका पीडित र अधिकारकर्मी पक्राउ

हिमालखबर

सरकारले २६ चैतमा व्यवस्थापिका संसदमा दर्ता गराएको सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठन सम्बन्धी विधेयकमा आममाफी दिने प्रवाधान राखेकाले त्यसको विरोध गर्दै धर्नामा बसेका द्वन्द्व पीडित र मानवअधिकारकर्मीहरुलाई प्रहरीले सिंहदरबार दक्षिण ढोकाबाट पक्राउ गरेको छ ।

पक्राउ परेका २० जनालाई सिंहदरबार प्रहरी प्रभागमा राखिएको छ । धर्ना बस्नेहरुमा सशस्त्र हिंसाका बेला राज्य र माओवादी दुवैपक्षबाट पीडित भएकाहरु समेत सहभागी थिए ।

प्रमुख तीनदलको सहमतिमा सरकारले संसदमा दर्ता गराएको विधेयकमा मानवताविरोधी गम्भीर अपराध गर्नेहरुलाई आममाफी दिने र पीडितहरुले न्याय नपाउने प्रावधान भएकाले त्यसले शान्ति प्रक्रिया पूरा नहुने र दण्डहिनताको संरक्षण हुने भन्दै अधिकारकर्मी र पीडितहरुले विरोध गरेका हुन् ।

६० वर्षसम्म लोकतान्त्रिक आन्दोलनको पक्षमा संघर्ष गरेका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले यस्तो विधेयक ल्याउनु विडम्बनापूर्ण भएको पीडितहरुले बताएका छन् ।

उक्त विधेयकमा परिमार्जनको समेत गुञ्जाइस नभएकोले खारेज गरिनुपर्ने अधिकारकर्मी र कानूनविदहरुकोे माग छ ।

पक्राउ पर्नेहरुको नामावलीः
१. जनकबहादुर राउत
२. देवबहादुर महर्जन
३. सुरेश भट्ट
४. सुशील प्याकुरेल
५. कनकमणि दीक्षित
६. गणेशकुमार मण्डल
७. यज्ञ थापा
८. सावित्री श्रेष्ठ
९. पूर्णिमाया लामा
१०. डब्लु तामाङ
११. दिनेश त्रिपाठी
१२. चरण प्रसाइँ
१३. गणेशबहादुर मल्ल
१४. गोपाल शाह
१५. विभाष पौडेल
१६. सीता खत्री
१७. देवी सुनार
१८. तारा श्रेष्ठ
१९. रसना ढकाल
२०. रविनसिंह वस्नेत

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>