थप समाचारबिहीबार, चैत्र २७, २०७०

आगलागीबाट सिंगो गाउँ खरानी, एक बालिकाको मृत्यु

हिमालखबर

तस्वीर: श्रवणकुमार देव

२७ चैत मध्यान्ह सप्तरीको जमुनी मधेपुरा–६ थलहीमा भएको आगलागीले सम्पूर्ण गाउँनै सखाप भएको छ । आगलागीमा परी स्थानीय असलमकी ३ वर्षीया छोरी रुक्सारको मृत्यु भएको छ ।

वडा नम्बर ६ निवासी सलामतको गोठमा बालिएको घुरबाट सल्केको आगो हावाहुरीसँगै पूरै गाउँभर फैलिंदा वस्ती नै सखाप भएको हो ।

मृतक बालिका रुक्सारलाई घरमा राखेर अभिभावक गहुँ काट्न खेत गएको बेला बालिका जलेकी हुन् ।

तस्वीर: श्रवणकुमार देव

आगलागीले सलामत, असलम, फुल मोहम्द, गफुर मन्सुरी, मजिम मन्सुरीसहितका ६० परिवारका एक सयभन्दा बढी घर जलेर नष्ट भएको छ । गाउँका अधिकांश मानिसहरु गहुँ काट्न गएकाले घरभित्रका अन्नपात, लत्ताकपडा, गरगहना, नगद, भाँडाकुडा, फर्निचरसहितका सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन् ।

आगलागीले दुई दर्जनभन्दा बढी खसी, बोका जलेका छन् । आगो निभाउन नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी र आसपासका गाउँले जुटेका थिए र चर्को घाम र हावाले गर्दा फैलिएको आगोबाट बस्ती जोगाउन सकिएन ।

मध्यान्ह १२ बजे लागेको आगो तीन घण्टापछि निभेको थियो ।

तस्वीर: श्रवणकुमार देव


श्रवणकुमार देव/राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>