समाचारशुक्रबार, चैत्र २८, २०७०

पाँचजनाले अवकाश पाएपछि सर्वोच्चमा न्यायाधीश पाँचजना मात्रै

हिमालखबर

प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको संसदीय सुनुवाइमा ढिलाइ भएपछि सर्वोच्चका ५ जना अस्थायी न्यायाधीश स्थायी हुन नपाई २८ चैतमा अवकाश पाउँदैछन् । उनीहरुले अवकाश पाएपछि २५ जनासम्म न्यायाधीश हुने सर्वोच्च अदालतमा ५ जना न्यायाधीश मात्रै बाँकी हुनेछन् ।

एक वर्ष अघि बाधा अड्काउ फुकाउ आदेश मार्फत नियुक्त भएका पाँच अस्थायी न्यायाधीश– प्रकाश वस्ती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की र भरतबहादुर कार्कीको अवधि आज एकै दिन सकिन लागेको हो ।

शर्माको संसदीय सुनुवाई २७ चैत रातिसम्म भएको थियो भने समितिले उनलाई २८ चैतमा प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्दैछ ।

सर्वोच्चमा न्यायाधीशको कमी हुँदा मुद्दाहरुको चाङ लागेको छ । अब अर्को साताभित्र न्यायधीश नियुक्तीको काम टुङ्गो लगाउने न्याय परिषदका प्रवक्ता खेमनारायण ढुङ्गानाले बताएका छन् ।

जिल्ला, पुनरावेदन तथा सर्वोच्च गरी तीनै तहका अदालतको न्यायाधीश सिफारिस गर्ने जिम्मा पाएको निकाय न्याय परिषदले करिव तीन वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्न नसक्दा मुद्दा छिनोफानो गर्न निकै ढिलो भएको छ।

“असारमा वरिष्ठ न्यायाधीश तथा सदस्य रामकुमार प्रसाद साह विरामी परेर सम्भव भएन पछि चुनाव नजिक आएकाले तत्कालीन कानूनमन्त्रीले नियुक्तिको कुरा अहिले नगरौ भन्नु भयो, चुनावपछि पनि सरकार बन्न समय लाग्यो, कानून मन्त्री नियुक्त भए पनि संसदीय सुनुवाई समिति तत्काल नबनेकाले पनि पहिले गर्न नसकिएको हो, ” परिषद सदस्य ढुंगानाले भने

सर्वोच्चमा पर्याप्त न्यायधीश नहुदा सुनुवाई गर्न बाँकी मुद्दाको संख्या झण्डै १७ हजार पुगेको छ।

दैनिक दशभन्दा बढि इजलास तोकिनु पर्नेमा न्यायाधीशको कमी हुँदा पाँचवटा पनि इजलास बस्न सकेको छैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>