समाचारशुक्रबार, चैत्र २८, २०७०

समितिद्वारा प्रधानन्यायाधीशमा शर्माको नाम दुई तिहाइले अनुमोदन

हिमालखबर

संवैधानिक परिषदले कामु प्रधानन्यायाधीश दामोदर शर्मालाई प्रधानन्यायाधीशमा गरेको सिफारिसलाई संसदीय सुनवाई समितिले दुईतिहाई बहुमतले अनुमोदन गरेको छ ।

समितिको अनुमोदनपछि अब राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।

समितिले २७ चैतमा शर्माको सुनुवाई गरेको थियो । २८ चैतमा बसेको समितिको बैठकमा सभापति कुलबहादुर गुरुङले शर्माको नाम अनुमोदनका लागि प्रस्तुतगर्दा दुईतिहाई मतले अनुमोदन भएको थियो ।

उनलाई एमाओवादीका सभासदहरुले आलोचनात्मक समर्थन गरे भने जनमोर्चा अध्यक्ष एवम् सभासद चित्रबहादुर केसीले विरोध गरेका थिए । त्यस्तै नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे तटस्थ रहेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>