थप समाचारशुक्रबार, चैत्र २८, २०७०
बनको आगोले टिप्दा दुई घर खरानी
धनकुटाको मधुगंगा महादेव सल्लेरी सामुदायिक बनमा लागेको आगो हावाहुरीले गर्दा गाउँमा फैलिएपछि भीरगाउँ–७ का नरेन्द्र बस्नेतको घर सहित पाली र गोठ गरी ५ ओटा र इन्द्रबहादुर बस्नेतको घर सहित पाली जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
आगलागीबाट घरमा रहेको लत्ताकपडा, गरगहना, खाद्यान्नसहित सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ ।
पीडितहरु अहिले छिमेकीको आश्रयमा बसेका छन् ।
