समाचारशुक्रबार, चैत्र २८, २०७०

जातीय आधारमा संघीयता हुन सक्दैनः प्रधानमन्त्री कोइराला

हिमालखबर

उग्रजातिवादले विश्वका धेरै मुलुकमा सङ्कट निम्त्याएको भन्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा जातीय आधारमा संघीयता निर्माण नगर्ने आफ्नो निष्कर्ष रहेको स्पष्ट पारेका छन् ।

पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले २८ चैतमा पोखरामा आयोजित विश्वविद्यालयको ११ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै संघीयतासहितको गणतन्त्रलाई संस्थागत गर्न र एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्न आफू लागिपरेको दाबी गरे ।

मुलुकमा कानूनी राज र सुशासन स्थापना गर्न वर्तमान सरकार सक्षम रहेको दाबी गर्दै प्रधामनमन्त्री कोइरालाले दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गर्नसके ८÷१० वर्षमै मुलुकको विकासमा कायापलट ल्याउन सकिने धारणा व्यक्त गरे ।

वर्तमान सरकार गठनसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताले मुलुकमा लगानी गर्न चासो देखाएको भन्दै उनले जनताको जीवनस्तर बढाउने कुरा गर्दा आफूले विरोधको सामना गर्नुपरेको बताए ।

विश्वविद्यालयको शैक्षिकस्तर वृद्धि, पूर्वाधारसहित नीतिगत सुधार गर्न सरकार सदैव तयार रहेको भन्दै प्रधानमन्त्री कोइरालाले उच्च शिक्षाको क्षेत्रमा गुणस्तर कायम गरी पोखरालाई विश्वको शैक्षिक केन्द्र बनाउन विश्वविद्यालयले सघाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले विज्ञान तथा प्रविधि सङ्कायतर्फ कम्प्युटर एप्लिकेसन विषयको स्नातक तहमा सबैभन्दा उच्च अङ्क ल्याएर विशिष्ठ श्रेणीप्राप्त गर्ने अविनास बाँस्तोलालाई स्वर्णपदक र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायतर्फ सबैभन्दा उच्च अङ्क ल्याउने अनिता रानाभाटलाई लक्ष्मी विद्यापदकले सम्मान गरेका थिए ।

दीक्षान्त समारोहमा विश्वविद्यालयले प्रदान गर्दै आएको कुलपति पदक २०७० मानविकी तथा सामाजिक शास्त्र सङ्काय अङ्ग्रेजी विषयमा उच्च अङ्क प्राप्त गर्ने नित्या पाण्डे, विज्ञान तथा प्रविधि सङ्कायका अविनास बाँस्तोला र व्यवस्थापन सङ्काय व्यवसाय प्रशासनतर्फका प्रतीक्षा जोसीले उपकुलपति पदक प्राप्त गरेका छन् ।

समारोहमा विभिन्न शैक्षिक कार्यक्रममा तह पार गरेका तीन हजार ३०० विद्यार्थी दीक्षित भएका छन् ।

रासस

————————————————————————————————————-
शान्ति र स्थायित्वबाट आर्थिक विकासः प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले हत्या–हिंसाबाट धेरै दुख भोगेको भन्दै शान्ति र स्थायित्व कायम भएमा विदेशी लगानी भित्रिने र मुलुकमा तिव्र आर्थिक विकास हुने बताएका छन् ।

शुक्रबार , २८ चैत्र २०७० ४:०० पम

बीपी जयन्तीका अवसरमा कास्कीमा आयोजित विचार गोष्ठी र कवि सम्मेलनको २८ चैतमा उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले बिपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिले नै नेपालमा दश वर्षसम्म चलेको हत्याहिंसा अन्त्य भई मुलुक शान्ति र स्थायित्व तर्फ अग्रसर भएको बताएका छन् ।

देशमा रोजगारीका अवसर नहुँदा खाडीमुलुकमा अहिले पनि ३०/३५ लाख युवाले पसिना बगाइरहेको भन्दै प्रधानमन्त्री कोइरालाले अब देशमा उद्योगधन्दा, कलकारखाना खोलेर युवालाई स्वदेशमा रोजगारी दिइने दाबी गरे ।

समारोहमा कोइरालाले बिपीका बारेमा विद्यावारिधी गर्ने हरिप्रसाद पराजुली, भूपति ढकाल, कृष्णप्रसाद दाहाल, ज्ञानु पाण्डे, नारायणप्रसाद चालिसे र वीरेन्द्र पुडासैनीलाई प्रशंसापत्रबाट सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>