थप समाचारशनिबार, चैत्र २९, २०७०
आगलागीबाट ४ हजार हेक्टर वन सखाप, एकको मृत्यु
स्थानीय जंगलमा लागेको आगो नियन्त्रणमा लिन खोज्दा पाँचथर दुरदिम्वा टोखाका सहविरको जलेर मृत्यु भएको छ भने उनका छोरा कुन्दल मगर घाइते भएका छन् ।
२८ चैत राति ११ वजे स्थानीय जंगलमा सल्केको आगो वस्तीमा पस्न लागेपछि नियन्त्रण गर्ने क्रममा मगरको जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । उक्त आगलागीका कारण चार हजार हेक्टरमा फैलिएको वन क्षेत्र सखाप भएको छ । आगलागी अझैसम्म जारी रहेको स्थानीय वासिन्दाले जनाएका छन् ।
यस्तै पाँचथरका मेमेङ–४ को सामुदायिक वनमा दुईदिन अघि सल्केको आगो अझै निभ्न सकेको छैन । आगलागीबाट अहिलेसम्म १ हजार हेक्टरभन्दा अधिक वन क्षेत्र र जडिवुटी नष्ट भएको छ । पाँचथरकै सुभाङ–३ को जंगलमा लागेको आगो वस्तीमा पस्दा २७ चैतमा मात्रै दुईवटा घर जलेर नष्ट भएका थिए ।
लक्ष्मी गौतम, पाँचथर
