समाचारशनिबार, चैत्र २९, २०७०

मेलमिलाप आयोगसम्बन्धी विधेयक त्रुटीपूर्णः प्याकुरेल

हिमालखबर

संक्रमणकालीन न्यायका आधारभुत प्रचलन, मान्यता र सर्वोच्च अदालतको आदेशको समेत विपरीत हुने गरी सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयक सरकारले प्रस्तुत गरेको इन्सेक अध्यक्ष एवम् मानवअधिकारकर्मी सुवोध प्याकुरेलले बताएका छन् ।

गम्भीर मानवअधिकार उल्लंघनका दोषीहरुलाई समेत आममाफी दिने प्रावधान सहितको सो विधेयक त्रुटिपुर्ण रहेको भन्दै प्याकुरेलले नेपाली जनताको भावना विपरित विधेयक पारित नगर्न आग्रह सांसद र राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् ।

इन्सेक पुर्वाञ्चल क्षेत्रिय कार्यालय विराटनगर र हुसाडेक नेपाल धनकुटाको संयुक्त आयोजनामा २९ चैतमा धनकुटामा आयोजित कार्यक्रममा बोल्दै प्याकुरेलले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिनसम्बन्धी आयोग संसदबाट पारित भैहाले पनि अदालतले अस्वीकार गर्ने दाबी गरे ।
सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>