समाचारशनिबार, चैत्र २९, २०७०

क्यानले खेलाडीहरुसँग वार्ता गर्ने, तलबभत्ता एक सातामै दिने

हिमालखबर

क्यानले खेलाडीहरुसँग वार्ता गर्न उपाध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा समितिमा ठाकुर प्रसाद थापा र दिपक साउद सदस्य रहेको वार्ता समिति बनाई वार्ताका लागि आह्वान गरेको छ।

क्यानको २९ चैतमा बसेको बैठकले खेलाडीहरुको ६ महिनादेखिको बाँकी तलब एक साताभित्र दिने निर्णयका साथै उत्तम कर्माचार्यको संयोजकत्वमा अनुशासन समिति पनि गठन गरेको छ।

न्युजिल्याण्डमा खेल्ने क्रममा घाइते भएका खेलाडी पृथु बास्कोटाको उपचारको लागि तत्काल ५ हजार अष्ट्रेलियन डलर दिने पनि क्यानले निर्णय गरेको छ।

ट्वान्टी-ट्वान्टी विश्वकप खेलेका १६ खेलाडीले क्यानको नेतृत्व परिर्वतनलगायतका माग राख्दै माग पूरा नभएसम्म कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>