समाचारशुक्रबार, भाद्र १५, २०६९
संविधानका विवादित विषयमा छलफल शुरु
बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विघटित संविधानसभाले मिलाउन नसकेका विवादित विषयबाट छलफल सुरु गरिएको र एक दुईदिन भित्र सहमति खोजिने बताए ।
करिब तीन घण्टा चलेको बैठकमा संविधानका समग्र विवादित विषयमा छलफल भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले विवादित विषय टुंग्याउने लगायत प्याकेजमा सहमति खोज्ने उल्लेख गरे ।
एमाले महासचिव इश्वर पोखरेलले १६ भदौमा पनि दलहरुबीच छलफल हुने जानकारी दिए । दलहरुबीच राज्यपुनस्रंरचनाका आधार, प्रदेशको सिमांकन, नामांकन, निर्वाचन प्रणाली, शासकीय स्वरुपलगायतका विषयमा सहमति जुट्न नसक्दा संविधानसभा विघटन भएको थियो ।
