समाचारआइतबार, चैत्र ३०, २०७०

उद्योग वाणिज्य महासंघमा पाण्डे विजयी

हिमालखबर

प्रदीपजंग पाण्डे प्रतिद्वन्द्वी भास्करराज राजकर्णिकारलाई २२ मतले पराजित गर्दै नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । पाण्डेले ४३८ मत प्राप्त गरेका छन् ।

महासंघको २९ चैत राति २ बजे सम्पन्न मतगणना परिणाम अनुसार एसोसिएट उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन उद्योग वाणिज्य समूहका उपाध्यक्षमा किशोरकुमार प्रधान र वस्तुगत समूहका उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । गोल्छा राजकर्णिकार प्यानका हुन् भने प्रधान र श्रेष्ठ पाण्डे प्यानलका ।

६४ वर्षीय पाण्डे महासंघको १७ औं अध्यक्ष हुन् । पाण्डेले व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको औषधि, बैंक, सिमेन्टलगायत उद्योगमा लगानी छ । मतपरिणाम घोषणापछि पाण्डेले सबै क्षेत्रलाई मिलाएर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

जिल्लारनगरमा राजकर्णिकार र पाण्डे पक्षका सात-सात उम्मेदवार विजयी भएका छन्। त्यसैगरी अञ्चल प्रतिनिधिमा राजकर्णिकार पक्षका एकमात्र उम्मेदवार विजयी भए भने पाण्डे पक्षका १३ जना विजयी भए। वस्तुगतमा पाण्डेको पक्षमा ६ जना, राजकर्णिकारको पक्षमा पाँच जना र एक जना साझा उम्मेदवार विजयी भए।

अञ्चल प्रतिनिधिमा मेचीबाट प्रकाश प्रसाईं, कोशीबाट रोहितप्रसाद प्रसाईं, सगरमाथाबाट अशोककुमार अग्रवाल, जनकपुरबाट रामकपुर साह (निर्विरोध) बागमती मनिषलाल प्रधान, नारायणी धर्मनाथप्रसाद जैसवाल (निर्विरोध),गण्डकी दीपक लम्साल (निर्विरोध),लुम्बनी कृष्णप्रसाद श्रेष्ठ, धवलागिरी निर्माणकुमार श्रेष्ठ (निर्विरोध), राप्ति हरिहर बुढाथोकी, भेरी भवानी राणा (निर्विरोध), कर्णाली नरविर रावत, सेती गोपाल हमाल (निर्विरोध), महाकाली मंगलसिंह ठगुन्ना (निर्विरोध) निर्वाचित भए।

जिल्ला नगर तर्फका सदस्यमा म्याग्दी उद्योग वाणिज्य संघका प्रमोद श्रेष्ठ, उद्योग वाणिज्य संघ नवलपरासीका गुणनीधि तिवारी, मेची उद्योग वाणिज्य संघका केशवराज पाण्डे, धुलिखेल उद्योग वाणिज्य संघका दिलसुन्दर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका शंकर श्रेष्ठ, इलाम उद्योग वाणिज्य संघका नरेन्द्रकुमार खड्का, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका राजेन्द्रकुमार श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका युवक राजभण्डारी, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका महेन्द्रकुमार श्रेष्ठ, कृष्णनगर उद्योग वाणिज्य संघका ओमप्रकाश बंशल, सुर्खेत उद्योग वाणिज्य संघका निरक केसी, वालिंग उद्योग वाणिज्य संघका चोपनारायण श्रेष्ठ, वीरगञ्ज उद्योग वाणिज्य संघका विजयकुमार सरावगी र डडेलधुरा उद्योग वाणिज्य संघका प्रकाशबहादुर साउद विजयी भए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>