समाचारआइतबार, चैत्र ३०, २०७०

मुस्ताङमा बेमौसमी हिमपात

हिमालखबर

मुस्ताङ सदरमुकाम जोमसोम आसपासका तल्लो मुस्ताङ क्षेत्रमा यस वर्ष चैत महिनाको अन्त्यसम्म पनि हिउँ परेको छ ।

जोमसोम, मार्फा, टुकुचे, लते, कोवाङ, कागबेनी, मुक्तिनाथ गाविसमा अहिले पनि दिनहुँजसो वर्षा हुने र हिउँ पर्ने गरेकाले गर्मी मौसम शुरु भए पनि चिसो घटेको छैन् । बेमौसमी हिमपातका कारण मुस्ताङको प्रमुख कृषि व्यवसाय मानिएको स्याउखेती प्रभावित हुने देखिएको छ ।

“यो मौसम स्याउको फूल खेल्ने र कोपिला लाग्ने समय हो । फूल खेल्ने समयमा हिउँ पर्नाले फूल झार्छ,” जिल्ला कृषि विकास कार्यालय मुस्ताङका अधिकृत नारायण काफ्ले भन्छन् ।

मुस्ताङका स्याउ बगैंचामा भर्खरै फूल खेल्न थालेको छ । अझै केही दिन हिउँ परेमा स्याउ उत्पादनमा नराम्रो असर पार्ने काफ्लेले बताए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष पनि मध्य चैतसम्म हिउँ र वर्षा हुनाले मुस्ताङमा स्याउ उत्पादनमा कमी आएको थियो ।

मुस्ताङको करिब ५०० हेक्टर जमिनमा व्यावसायिक स्याउखेती गरिएको छ । मुस्ताङमा उत्पादन हुने रेड डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड, फुजीलगायत बीस जातका स्याउ स्वादिलो हुने भएकाले नेपाली बजारमा राम्रो माग छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>