समाचारआइतबार, चैत्र ३०, २०७०
संविधानसभा जागिर खाने थलो: देव गुरुङ
नेकपा–माओवादी पाँचथरले फिदिममा ३० चैतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव देव गुरुङले कांग्रेस, एमाले र एमाओवादी मिलेर २०४७ सालको संविधान व्यँुताउन लागि परेको आरोप लगाएका छन् ।
उनले संविधान सभालाई ‘नाम मात्रको’ भन्दै सभाले संविधान जारी गर्न नसक्ने दाबी गरे ।
नेकपा–माओेवादीलाई २६ सिट दिएर संविधान सभामा ल्याँउछौं भन्दै विभिन्न दलका नेता र सरकारका प्रतिनिधिहरुले दिइरहेको अभिव्यक्तिलाई आफुहरुले बच्चा फकाउने ललिपपका रुपमा लिएको उनको भनाई थियोे ।
“हाम्रो पार्टीका नेता कार्यकर्तालाई जागिरको आवश्यकता छैन, तसर्थ संसदवादी पार्टीका नेता कार्यकर्ताको जागिर खाने थलोमा भीड थप्न हामी जाँदैनौं,” गुरुङले भने ।
उनले हालै संसदमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धी विधेयक सरकारको देखाउने दाँत मात्र भएको टिप्पणी गरेका थिए ।
लक्ष्मी गौतम, पाँचथर
