समाचारमंगलबार, बैशाख २, २०७१
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
एमाओवादीले कृष्णप्रसाद हत्याका अभियुक्तहरुको मुद्दा फिर्ता र पक्राउ परेकाको रिहाईको माग गर्दै सडक र सदनमा आन्दोलन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले त्यसबारेमा छलफल गर्न २ बैशाख दिउँसो सर्वदलीय बैठक आह्वान गरेका छन् ।
मुद्दा दर्तापछि उत्पन्न परिस्थितिमा छलफल गर्न बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा एमाओवादीसहित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।
