थप समाचारमंगलबार, बैशाख २, २०७१

बाटोमै बच्चा जन्माउँछन् भोटे महिला

हिमालखबर

२५ वर्षीया अबकति थापाले गर्भ रहेको ९ महीना नाघे पनि चिकित्सकसँग परामर्श लिएकी छैनन्। जाडो छल्न परिवारसँग ६ महीनाअघि जिल्लाको बुढाकोट गएकी उनले पहिलेका दुई वटा बच्चा पनि उनले बेंसी र्झ्दा बाटोमै जन्माएकी थिइन्।

तस्वीर: प्रकाश सिंह

अगाउपानीकी तनी थापाले पनि मंसीरमा अछाम जाँदै गर्दा बूढीगंगा गाविसको रापकमा बाटोमै छोरी जन्माइन्। चिसो र स्याहार नपुगेकाले जन्मेको केही दिनमै छोरी गुमाउनुपरेको उनको भनाइ छ। मार्तडी–१ ढम्कनेकी लाप्का बोगटीले पनि गत वर्ष बाटोमै बच्चा जन्माएकी थिइन्।

मार्तडी–१ बस्ने पक्क थापा (४५) ले पनि ५ मध्ये ४ सन्तान बसाइँ सर्ने क्रममा बाटोमा जन्माएकी थिइन्। ७ महीनाकी गर्भवती हुम्ला सरकीदेउ गाविस–३ की रमिता बुढाथोकी (२३) हिउँदमा बेंसी झ्रेकाले सुत्केरी जाँच नगराएको तथा खोप र आइरन चक्की नलिएको बताउँछिन्। अछामको घुगुकोटमा पाल टाँगेर बसेको उनको परिवारलाई घर पुग्न दुई हप्ता लाग्छ।

चिसो छल्न भेडा–च्याङ्ग्रा र परिवार सहित हिउँदका ६ महीना बेंसी र्झ्ने भएकाले अधिकांश महिलाले बाटोमै बच्चा जन्माउने गरेको भोटे जनजाति महासंघका अध्यक्ष नृप थापा बताउँछन्

बाजुरा, बझाङ, मुगु, हुम्ला र जुम्लाका भोटे जातिका मानिस हिउँदमा बेंसी र्झ्छन् भने गर्मी लागेपछि गाउँ उक्लिन्छन्।

पाण्डुसेनकी लछु बोगटी गाउँमा धेरै जाडो हुने भएकाले मौसमी बसाइँ सर्ने गरेको र त्यस क्रममा बाटोमा सन्तान जन्माउने गरेको बताउँछिन्। त्यसरी बसाइँ सर्दा स्वास्थ्य चौकी नभेटिने तथा खोप लगाउने चलन आफ्नो जातिमा नभएको उनको भनाइ छ।

पाण्डुसेन स्वास्थ्य चौकीकी अनमी मधु श्रेष्ठ पनि भोटे जातिका महिलाले गर्भवती जाँच र सुत्केरी सेवा नलिने गरेको बताउँछिन्। त्यही कारण गत वर्ष दुई जना भोटे जातिका महिलाको मृत्यु भएको उनको भनाइ छ।
प्रकाश सिंह, बाजुरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>