समाचारबुधबार, बैशाख ३, २०७१
दाहाल संसदीय दलको नेता चयन, संसद अवरुद्ध गर्ने
३ बैशाख विहान पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता र नेता गिरिराजमणी पोखरेललाई प्रमुख सचेतकमा चयन गरेको छ ।
यसअघि पार्टीभित्र नेता बाबुराम भट्टराईलाई संसदीय दलको नेता बनाउने चर्चा चले पनि त्यसो हुन सकेन ।
संसद बैठक अवरुद्ध पार्ने
फुजेल घटनामा आफ्ना कार्यकर्तामाथि मुद्दा चलाइएको भन्दै आन्दोलनको निर्णय गरेको एमाओवादीले आज बस्ने व्यवस्थापिका संसदको बैठक अवरुद्ध पार्ने भएको छ ।
३ बैशाखमा बस्ने व्यवस्थापिका संसदको बैठकमा शुरुमा नेता बाबुराम भट्टराईले आफ्नो विचार राखिसकेपछि बैठक अवरुद्ध गर्ने एमाओवादी संसदीय दलले निर्णय गरेको हो ।
एमाओवादीको बहिस्कारपछि आजको बैठक कार्यसूचिमा प्रवेश गर्ने छैन ।
