समाचारबुधबार, बैशाख ३, २०७१

मधुमल्लामा ठूलो मात्रामा युद्ध सामाग्री बरामद

हिमालखबर

मोरङको उर्लाबारी प्रहरीले मधुमल्ला–५ स्थित नमुना प्राथमिक विद्यालयहातामा रहेको प्रयोग नभएको सेफ्टी ट्यांकीभित्र तलासी गर्दा विभिन्न खालका युद्ध सामाग्री फेला पारेको हो ।

२ बैशाख अपराह्न प्रहरीले एकहजार दुइसय २६थान इलेक्ट्रोनिक डेटोनेटर, एलएमजीको म्यागजिन ५थान, एलएसडब्ल्यूको म्यागजिन ६थान, एम १६को म्यागजिन ४थान, भेरिलाइटको कार्टिज ५थान , इन्सासको म्यागजिन ५थान, एसएलआरको म्यागजिन २थान र गोली ७७ थान बरामद गरेको छ ।

यसैगरी डमी राउण्ड ५७ थान, चाँचर १२थान, लिंक्स चारसय थान र म्यागजिन राखिने कपडाको खोल एउटा पनि बरामद भएको छ ।

सदरमुकाम बिराटनगरबाट करिब ७० किलोमिटर टाढा मधुमल्ला–५ मोरङबाट बरामद युद्ध सामग्री गत ४ मंसीरको संबिधानसभा चुनाव विथोल्न प्रयोग गर्ने उद्देश्यले ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।
गोपाल गडतौला, मधुमल्ला मोरङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>