थप समाचारबुधबार, बैशाख ३, २०७१
वीरगञ्ज कारागारमा समता स्कुल
गैर आवासीय नेपाली डा. उपेन्द्र महतोको आर्थिक सहयोगमा वीरगञ्ज कारागारभित्र सुविधा सम्पन्न समता शिक्षा निकेतन अन्तर्गत सञ्चालन हुने गरी प्राथमिक विद्यालय स्थापना गरिएको छ ।
१५ लाख रुपैंयाको लागतमा निर्माण भएको समता स्कुलको व्यवसायी उपेन्द्र महतो, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पत्रकार विजयकुमार पाण्डे र पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले संयुक्त उद्घाटन गरे ।
विद्यालयमा ७० जना विद्यार्थी भर्ना गरिएको कारागार प्रमुख धिराज मरासिनीले जानकारी दिए ।
उक्त विधालयमा अध्ययनरत बालबालिकाका लागि एक वर्षकालागि चाहिने पोशाक र पुस्तक हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपलब्ध गराउने छन् ।
समता शिक्षा निकेतनका सञ्चालक उत्तम सञ्जेलले तराईका २० वटा जिल्लामा विद्यालय स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म ९ वटा जिल्लामा समता स्कूल सञ्चालनमा ल्याइ सकिएको जानकारी दिएका छन् ।
बिम्मी शर्मा
