थप समाचारबिहीबार, बैशाख ४, २०७१

नौ वर्षे बेहुली लिन हिंडेको जन्ती रोकियो

हिमालखबर

विरगञ्ज घर भई चितवनको भरतपुर– ९ सरदपुर बस्ने मोहन राउतले आफ्नो छोराको विवाह भारत मोतिहारीकी ९ बर्षीय बालिकासँग गरिदिन लागेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरी विवाह राकेको छ ।

४ बैशाखमा भोज भतेर गरी जन्ति लिएर दुलही लिन जान लागेका बेला स्थानीय अधिकारकर्मीहरुले प्रहरीलाई खबर गरी विवाह रोकाएको अधिकारकर्मी मिना खरेलले जानकारी दिईन् ।

“स्थानीले खबर गरेपछि हामी पुगेर विवाह रोक्यौं’ उनले भनिन्,” “कानूनले बाल विवाहमा रोक लगाएको बारेमा सम्झाएपछि अभिभावकले माने ।”

विवाह रोकेर अभिभावकलाई जिल्ला प्रहरी कार्यालय लगी समझदारीपत्रमा हस्ताक्षर गराइएको छ ।

आफ्नो समुदायमा बालविवाहकको प्रचलन भएकोले भाईको विवाह सानै उमेरमा गरिदिन लागेको बेहुला बनेका बालकका दाजु नरेशले बताएका थिए ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>