थप समाचारशुक्रबार, बैशाख ५, २०७१
घरमा आगोलाग्दा दुई बालबालिकाको मृत्यु
पाल्पाको जुठापौवा–७ मा स्थानीय हनबहादुर सारुको घरमा आगलागी हुँदा सारुका नाति ४ वर्षीय कमल सारु र नातिनी चार वर्षकै दिलकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट भएका छन् । बालबालिकालाई घरमै छोडी अभिभावकहरु काममा गएका बेला भएको आगलागीमा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
देब पचभैया, पाल्पा
