थप समाचारशुक्रबार, बैशाख ५, २०७१
गेस्ट हाउसभित्र युवकको शव फेला
वीरगञ्जको नारायणी गेस्ट हाउसको कोठा नम्बर १४ को शौचालयभित्र वीरगन्ज–८ निवासी सन्दीप क्षेत्री मृत अवस्थामा भेटिएका छन् । लागुऔषधका प्रयोगकर्ता उनी शौचालयको ढोका भित्रैबाट बन्द रहेको अवस्थामा मृत फेला परेको पर्सा प्रहरीले बताएको छ ।
उनको शव गन्हाएपछि होटलका सञ्चालकले शङ्का लागेर प्रहरीलाई बोलाएर घटनाबारे जानकारी गराएका थिए । प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार मृतकको शरीरमा सिरिन्ज रोपिएको अवस्थामा फेला परेको हो ।
गेस्ट हाउस सञ्चालकका अनुसार सन्दीप क्षेत्री २ वैशाख साँझ ६ बजे होटलमा बास बस्न भन्दै कोठा बुक गराएका थिए । लागुऔषधको अत्यधिक डोज अर्थात् मात्राका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
रासस
