समाचारशुक्रबार, बैशाख ५, २०७१

संसद सूचारू, विवादित विधेयक प्रस्तुत

हिमालखबर

५ बैशाखको संसद वैठकमा कानूनमन्त्री नरहरी आचार्यले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानिबन आयोगको विधेयक प्रस्तुत गरेका छन् ।

७ बैशाखमा बस्ने संसद बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

सरकारले संसदमा प्रस्तुत गरेको विधेयकले मानवता विरोधी गम्भीर अपराध गरेकाहरुलाई पनि उन्मुक्ति दिने बाटो खोलेको भन्दै राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय लगायत विभिन्न स्वदेशी एवम् विदेशी मानवाअधिकारवादी संघसंस्थाहरुले आपत्ति प्रकट गरेका छन् ।

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याका पक्राउ अभियुक्तहरुलाई रिहा गर्नुपर्ने माग राख्दै एमाओवादीले ३ र ४ गतेको बैठक अवरुद्ध गरेको थियो ।

४ बैशाखमा जिल्ला अदालत चितवनले हत्याका अभियुक्तद्वय छविलाल पौडेल र भिमसेन पौडेललाई धरौटी लिई साधारण तारेखमा रिहा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>