समाचारशुक्रबार, बैशाख ५, २०७१
एमाओवादी नेतृत्व गुटबन्दीको शिकारः नेता श्रेष्ठ
एमाओवादी कास्कीको ५ बैशाखमा पोखरामा उद्घाटन गर्दै एमाओवादी नेता नारायणकाजी श्रेष्ठले संविधानसभाको निर्वाचनमा पार्टी आन्तरिक कारणले नै तेस्रो स्थानमा पुगेको बताएका छन् ।
उनले भने, “अब तीनै नेताको फेरो समातेर पार्टी अगाडि बढ्न सक्दैन ।”
शान्ति प्रक्रिया भाँड्न देशी विदेशी तत्व सक्रिय रहेको आरोप लगाउँदै श्रेष्ठले देशमा शान्ति कायम नभए नयाँ लोकतान्त्रिक संविधान पनि बन्न नसक्ने धारणा व्यक्त गरे ।
रासस
