समाचारशनिबार, बैशाख ६, २०७१

अहिलेकै अवस्थामा संविधान बन्दैनः कमल थापा

हिमालखबर

भक्तपुरको कटुञ्जेमा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो दलको समेत सहमतिमा संविधान बने स्वीकार्न गर्न सकिने नत्र अमान्य हुने चेतावनी दिएका छन् ।

“सबै दलको सहमतिमा संविधान निर्माण होस् भन्ने हाम्रो चाहना हो, तर नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले जबरजस्ती आफ्नो एजेन्डालाई मात्र लादेर संविधान निर्माण गरे भने त्यसलाई स्वीकार्न सकिन्न ।”

तीन दलले एक वर्षमा संविधान निर्माण गर्ने भन्दै जनतालाई ढाँट्दै आएको आरोप लगाउँदै उनले अगाडि भने, “ठूला तीन दलले एक वर्षमा संविधान निर्माण गर्छौं भनेर जनतालाई ढाँटेका छन् । अहिलेकै अवस्थामा संविधान बन्दैन ।”

उनले पहिलो संविधानसभाबाट जुन कारणले संविधान जारी हुन सकेन अहिले त्यही कारण तीन दलले दोह¥याइरहेको आरोप लगाए ।

अहिले पनि तीन दलको त्रुटिपूर्ण मार्गचित्र, निषेधको राजनीति र सत्ता लिप्साका कारण संविधान बन्ने अवस्था नरहेको उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गरेका नेपाली कांग्रेसका सभासद् रामेश्वर ढुङ्गेलले जनमुखी संविधान निर्माणमा राप्रपा नेपालले पनि सघाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>