थप समाचारशनिबार, बैशाख ६, २०७१
बलात्कार गर्ने ६ जनालाई १० वर्ष कैद
८ असारमा सँगै कलेज पढ्ने किशोरीलाई सामूहिक बलात्कार गर्ने मकवानपुरका ६ युवालाई अदालतले जनही १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
अतिरिक्त न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले गरेको फैसलामा बलात्कारमा संलग्न भीमफेदी–६ का १८ वर्षीय कान्छाराम स्याङतान, आमभञ्ज्याङ–७ का २५ वर्षीय होमबहादुर स्याङतान, चित्लाङ–९ का २५ वर्षीय श्रीहरि अर्याल, हेटौँडा–४ का २५ वर्षीय सुयश ढकाल, वडा नम्बर ५ का २२ वर्षीय लक्ष्मण खत्री र भारतको पश्चिम चम्पारण घर भई हाल हेटौँडा नगरपालिका–३ बस्ने २४ वर्षीय गोपी सर्राफलाई १०÷१० वर्ष कैद र पचास हजार दण्ड गर्ने फैसला गरेको हो र
पीडित युवतीलाई अभियुक्त छ जनाले तीन लाख रकम क्षतिपूर्ति भराउनु पर्ने पनि फैसलामा भनिएको छ ।
सँगै कलेजमा पढ्ने युवतीलाई उनीहरुले फिल्म हेर्न जाउँ भनी खाजामा लागुपदार्थ मिसाएर खुवाई लजमा लगी सामूहिक बलात्कार गरेका थिए ।
सुरजकुमार भुजेल, मकवानपुर
