समाचारशनिबार, बैशाख ६, २०७१

अध्ययन भ्रमणका लागि सभासद् विदेश जान नपाउने

हिमालखबर

नेपालस्थित नाइजेरियाका राजदूतले सभासद्लाई आफ्नो देशको संसदीय गतिविधि अध्ययन भ्रमणका लागि गर्नु भएकोे आग्रहमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले विघटित संविधानसभाका सभासद्बाट अधिकांश मुलुकको अध्ययन भ्रमण गरी प्रसस्त ज्ञान आर्जन गरेकाले अब संविधान जारी नभएसम्मका लागि वैदेशिक अध्ययन भ्रमणका लागि स्वीकृति नदिने बताएको जानकारी दिए ।

ललितपुरमा आयोजित संविधानसभा सचिवालय र सञ्चारकर्मीबीच ‘संसदीय सूचना सङ्कलन सम्प्रेषण: चुनौती र समाधान’ विषयक दुईदिने अन्तक्र्रियामा उहाँले संविधानसभाको पदेन सदस्यका रुपमा पत्रकारका लागि केही असुविधा भए सुधारका लागि सुझाव दिन आग्रह गरे ।

अध्यक्ष नेवाङले पत्रपत्रिकामा छापिएका खबरले सबैको ध्यानाकर्षित गर्ने र त्यस्ता समाचार प्रभावकारी पनि हुने भएकाले खण्डन छाप्न नपर्ने गरी समाचार सम्प्रेषण गर्न सुझाव दिए ।

कार्यक्रममा संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीमगरले संविधानसभामा प्रत्यक्ष सहभागी हुने पत्रकारले आम नागरिकलाई यहाँको गतिविधिबारे जानकारी गराउने भएकाले पत्रकार र संसद् सचिवालयबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए ।

नौ वटा कार्यपत्र प्रस्तुत हुने सो अन्तक्र्रियामा संसद् सचिवालयका सचिव ठाकुरप्रसाद बरालले संविधानसभा र व्यवस्थापिका–संसद्को चिनारी, सहसचिव डा रवि अर्यालले संविधानसभा नियमावली र व्यवस्थापिका–संसद्को नियमावली, अर्का सहसचिव डा भरतराज गौतमले संसद र वैदेशिक सम्बन्ध, सहसचिव सुदर्शन खड्काले संसद् पुस्तकालय र सांसदलाई उपलब्ध आइटी सेवा र सहसचिव मुकुन्द शर्माले संसद्मा समाचार संयन्त्रको व्यवस्थापन र प्रवेश अनुमतिका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरे ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>