समाचारआइतबार, बैशाख ७, २०७१

बक्यौता तिरे क्यासिनो फेरि चल्छ: मन्त्री आचार्य

हिमालखबर

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आचार्यले राजस्व, मजदुरको तलब र होटलको दस्तुर तिरे क्यासिनो सञ्चालनमा आउन सक्ने बताएका हुन् । प्रेस चौतारी चितवनले ७ बैशाखमा भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले रोजगारी सिर्जना गर्ने, पर्यटक भित्र्याउने र राजस्व सङ्कलन गर्र्ने उद्देश्यले सञ्चालित क्यासिनोले दादागिरी देखाएर राजस्व नतिरेकै कारण बन्द गरिएको बताए ।

सम्मेलनमा उनले आगामी मंसीरसम्ममा स्थानीय निकायको निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले स्थानीय निकायको निर्वाचन नहुँदा ठूलो साधन स्रोतको दुरुपयोग हुन पुगेको बताए ।

रु. ७५ अर्बभन्दा बढी स्थानीय निकायमा खर्च भइरहेको भन्दै उनले अहिले हुने स्थानीय निर्वाचनले संविधान निर्माण र सङ्घीयतालाई कुनै असर नपार्ने दाबी गरे । उनले भने, “विभिन्न क्षेत्रमा गरिने राजनीतिक नियुक्तिका विषयमा नेपाली का“ग्रेस र नेकपा एमालेका बीचमा सहमतिको प्रयास भइरहेको छ, दुई दिनभित्र यसको टुङ्गो लाग्छ ।”

राजदूतसहितका विभिन्न क्षेत्रका उच्च पदाधिकारीको नियुक्तिका लागि गृहकार्य भइरहेको उनको भनाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>