समाचारआइतबार, बैशाख ७, २०७१
राष्ट्रपति र ओलीबीच भेटवार्ता
एमाले संसदीय दलका नेता ओलीले ७ बैशाख दिउँसो राष्ट्रपति यादवलाई भेटेका हुन् । राष्ट्रपति निवासमा पुगेका ओलीले राष्ट्रपतिसँग वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल गरेका छन् ।
संविधान निर्माण लगायत राजनीतिक विषयमा छलफल भएको बुझिएको छ । राष्ट्रपति र ओलीबीचको भेटवार्ता डेढ घण्टासम्म चलेको थियो ।
भेटमा राष्ट्रपतिले ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेको बुझिएको छ ।
