समाचारसोमबार, बैशाख ८, २०७१
दोलखामा दुर्घटना हुँदा दुईको मृत्यु
दोलखाको खिम्तीबाट रामेछापको फुलासी जाँदै गरेको ट्याक्टर ७ बैशाख राति भोर्लेमा खसेको हो । दुर्घटनामा परी ट्याक्टरका चालक महोत्तरी खरमारा घर भएका टिकाबहादुर श्रेष्ठ र रामेछाप गेलुका नीरबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
रामेछाप फुलासी–१ का विनोद श्रेष्ठको ना १ त ८३१२ नम्बरको ट्याक्टर रामेछापको ढाडे सिरिसेमा सामान पुर्याएर फर्कदै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
सर्मिला बुढाथोकी, दोलखा
