समाचारसोमबार, बैशाख ८, २०७१
जघन्य अपराधका दोषीलाई माफी हुँदैनः मन्त्री रिजाल
सूचना तथा सञ्चारमन्त्री रिजालले आयोगको विषयमा भइरहेको बहस र छलफलले एउटा निश्चित बाटो लिने स्पष्ट पारे । विराटनगर विमानस्थलमा ८ बैशाखमा पत्रकारसँग कुरा गर्दै उनले द्वन्द्व बल्झाउने खालको सत्य निरुपण तथा मेलमिलाप आयोग नआउने बताए ।
उनले आयोगमा बेपत्ता नागरिकका परिवारलाई राहत दिने व्यवस्था हुने जानकारी दिए । उनले भने, “जघन्य अपराधका दोषीलाई आयोगमार्फत् माफी दिन सकिन्दैन ।”
उनले प्रायश्चित र पश्चातापको भावना नभए क्षमा मिल्दैन भन्दै सरकार समाज निर्माणको बाटामा अग्रसर भइरहेकाले द्वन्द्वको बाटामा नजाने दृढता व्यक्त गरे ।
रासस
