समाचारशनिबार, भाद्र १६, २०६९
जनमत संग्रहमा जान सकिने विषयमा छलफल
एमाले मुख्यालय बल्खुमा १६ भदौमा बसेको बैठकमा संविधानका सबै विवादित विषयमा तत्काल सहमति जुटाउन प्रयास गर्ने र सहमति नभएका विषयपछि संसद या जनमत संग्रहबाट समेत टुंग्याउन सकिने विकल्पबारे छलफल भएको हो । शीर्ष नेताहरु सहभागी बैठकमा संविधानका अन्तर्वस्तुबारे गम्भीर छलफल भएको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाले सकेसम्म सबै विवादित विषयमा अहिले नै सहमति गर्ने र जटिल विषय जनमत संग्रहमार्फ टुंग्याउन सकिने विषयमा छलफल भएको बताए । उनका अनुसार छिटै निकास निकाल्नेगरी छलफललाई निरन्तरता दिने सहमति पनि दलहरुबीच भएको छ । संविधानसभा विघटनयता पानी बाराबारको अवस्थामा रहेका दलहरु केही दिनयता निरन्तर छलफलमा जुटेका छन् ।
