थप समाचारमंगलबार, बैशाख ९, २०७१

डढेलोले १० हजार हेक्टर वन क्षेत्र सखाप

हिमालखबर

दाउन्ने, सुनवल, धुरकोट, अरुणखोला, चोरमारालगायत जङ्गलमा लागेको डढेलो पूर्ण रुपले नियन्त्रणमा ल्याउन स्थानीयले अग्नि नियन्त्रण समिति गठन गरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

तातो हावासँगै फैलिएको डढेलोका कारण जङ्गली जनावरसमेत प्रभावित भएका छन् । डढेलो लागेको वन क्षेत्रमा नीलगाई, हरिण, मयूर, कालिजजस्ता वन्यजन्तु र पक्षीहरू पाइने गर्दछ ।

चौपाया चराउन र घाँस दाउरा गर्न जङ्गल गएकाले फालेको चुरोटको ठुटोबाट वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । डढेलो क्रमशः अन्यत्र पनि फैलिन थालेपछि जिल्ला वन कार्यालयले नियन्त्रणका लागि प्रयास भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>