समाचारशनिबार, भाद्र १६, २०६९

एमालेबाट कुनै आशा गर्न सकिदैंन:जनजाति नेताहरु

हिमालखबर

१६ भदौमा बल्खुमा आदिवासी जनजाति नेताहरुले अघि सारेको माग पार्टीले पूरा गर्न नसक्ने बताएपछि छलफल बिना निष्कर्ष सकियो । निर्णायक भनिएको वार्तामा नेताहरुले पार्टी भित्रै बसेर अन्तर संघर्ष गर्न आग्रह गरेको तर आफ्ना ९ बुँदे मागमा लिखित जवाफ मागेपछि छलफल बिना निष्कर्ष सकिएको हो । असन्तुष्ट नेताहरुले जातीय पहिचान सहितको संघीयता लगायतका नौ बूँदे मागमा लिखित जवाफ मागेका थिए ।

छलफलपछि एमाले उपाध्यक्ष अशोक राईले आफ्ना नौ बूँदे मागमध्ये एउटामा पनि पार्टी सकारात्मक नभएकोले अब कुरा मिल्ने संभावना नरहेको बताए । राईले १६ भदौको छलफलले झन् निराश बनाएको बताए ।
अर्का उपाध्यक्ष बामदेव गौतमले आफूहरुले पार्टी भित्रै बसेर विधान अनुसार अन्तसंघर्ष चलाउन आग्रह गरेको जानकारी दिए । गौतमले छलफलमा उपस्थित आदिवासी जनजाती नेताहरुमध्ये केहिले अब पार्टीमा फर्कन नसक्ने बताएको बताए । छलफलमा आदिवासी जनजाति नेताले अब पार्टीमा धेरै दिन बस्न नसकिने भन्दै छिटो लिखित जवाफ दिएर विदा गर्न आग्रह गरेका स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>