समाचारमंगलबार, बैशाख ९, २०७१

अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह

हिमालखबर

राष्ट्रिय मानव अधिकार आयोगको सभाकक्षमा ९ बैशाखमा आयोजित पत्रकार सम्मेलनमा अधिकारकर्मीहरुका तर्फबाट कृष्णप्रसाद अधिकारी हत्यामा अदालती प्रक्रिया शुरु हुनुलाई स्वागतयोग्य भन्दै जारी अनशन फिर्ता लिएर न्याय प्रक्रिया कुर्न अनशनरत गंगामाया र नन्दप्रसाद अधिकारीलाई सामूहिक आग्रह गरिएको छ ।

पत्रकार सम्मेलनमा मानव अधिकारकर्मी सुदीप पाठकले छोरा कृष्णप्रसादको हत्याका दोषीहरुमाथि कारबाही माग गर्दै अधिकारी दम्पतीहरुको निरन्तरको अनशन तथा अधिकारकर्मीहरुको आवाजका कारण उक्त हत्यामा अदालती प्रक्रिया शुरु भएको बताए ।

उनले अदालती प्रक्रिया शुरु भइसकेका अवस्थामा अदालती काम कारबाहीलाई अनशन तोडेर सहयोग गर्नु उनीहरुको समेत कर्तव्य भएको बताए ।

अधिकारकर्मी सुशील प्याकुरेलले अदालती प्रक्रिया शुरु भइसकेको अधिकारी दम्पतीले आफ्नो स्वास्थ्य रक्षासमेतलाई दृष्टिगत गरी अनशन तोड्नुपर्ने धारणा व्यक्त गरे ।

अधिकारकर्मी कनकमणि दीक्षित, राष्ट्रिय मानव अधिकार आयोगका कामु सचिव बेदप्रसाद भट्टराईलगायतले अदालती प्रक्रियाको शुरुवात भइसकेका अवस्थामा उक्त प्रक्रियालाई सही निष्कर्षमा पु¥याउन पनि अनशन फिर्ता लिनुपर्नेमा जोड दिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>