थप समाचारमंगलबार, बैशाख ९, २०७१

बारामा युवकको हत्या

हिमालखबर

वीरगञ्ज–१९ का ३५ वर्षीय प्रमोद साहतुराहाको शव ९ बैशाख विहान खेतमा फेला परेको छ । उनको टाउकोमा धारिलो हतियारको चोट रहेको र एक दिन अगाडि नै कसैले उनको हत्या गरी शव खेतमा फोलेको हुनसक्ने प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए ।

हत्याबारेमा अहिलेसम्म केही खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाइ पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>