थप समाचारमंगलबार, बैशाख ९, २०७१

१८ किलो चरेस सहित चार भारतीय पक्राउ

हिमालखबर

तस्वीर: श्याम गुप्ता

बारामा प्रहरीले भारतको मोतिहारी, पिपराका ४० वर्षीय बिरेन्द्र मुखिया , ४२ वर्षीय वासर मुखिया , ४१ वर्षीय रामअयोध्या मुखिया र ४५ वर्षीय जयराम मुखियालाई लागु औषध चरेससहित ९ बैशाख विहान पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायाव निरीक्षक अरुणकुमार कुशवाहाका अनुसार प्रहरी गस्ती टोलीले उनीहरुलाइ १८ किलो २५० ग्राम चरेस सहीत पक्राउ गरेको हो ।

उनीहरुले ठूलो परिमाणको चरेस आफ्नो शरीरभित्र लुकाएर पर्साको चोर्नी गाविसको कच्ची बाटो हुँदै जीतपुर तर्फ आउँदै गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुले आफूहरु चरेस ब्यवसायी नभई भरीया मात्र रहेको बताएका छन् ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>