समाचारबुधबार, बैशाख १०, २०७१
वाइसीएलको नेता भन्दै असुली गर्ने पक्राउ
इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक वामदेव गौतमका अनुसार आफूलाई एमाओवादी, वाइसीएलको नेता बताउने मुकुन्दपुर–५ का भेषराज खनाललाई ठगी र जबरजस्ती असुली आरोपमा पक्राउ गरिएको छ ।
रोशन भनिने खनालले ठाउँ र मान्छे हेरी आफूले एमाओवादी नेता, वाइसियल र अख्तियारको प्रतिनिधि बताउने गरेका थिए ।
पीडितको उजुरीका आधारमा पिछा गर्दै जाँदा खनाललाई कावासोतीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको गौतमले जानकारी दिए ।
“लिखित आएका उजुरीमामात्रै अभियुक्तले रु १ करोड २० लाख ठगी गरेको उल्लेख छ,” नायव उपरीक्षक गौतमले भने, “उनी पक्राउ परेपछि मौखिम र लिखित रुपमै उजुरीहरु आउने क्रम बढेको छ ।”
विद्रोही गिरी, नवलपरासी
